काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । खेल यूएईको सेभेन्स रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखि शुरू हुनेछ । नेपालले दोस्रो खेल पर्सि मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीको कप्तान अशोक धामी रहेका छन् । प्रतियोगितामा…