काठमाडौं । नेपालले इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ए विरुद्ध कमजोर सुरुवात गरेको छ । दश ओभरको खेल सकिदा नेपालले पाँच विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका ओपनर कुशल भुर्तेल दोस्रो बलमै आउट भएका थिए । मेडन ओभरसहित ओपनिङ गरेका भारतीय बलर हर्सित रानाले भुर्तेललाई एलबीडब्लु…