काठमाडौं । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ । आज आइतवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले मच्छिन्द्रलाई २–१ गोलले हरायो । पुलिसका मोसेस ग्याबाह त्वामले दुई गोल गरे । मच्छिन्द्रका आफिज ओलावालेले गोल गरे । याे जितसँगै पुलिस ३७ अङ्कसहित चौथौ स्थानमा पुगेको छ । मच्छिन्द्र…