काठमाडौं । नेपाली टोली पब्जी मोबाइल विश्वकप च्याम्पियनसिपमा उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डिआरएस टोली टर्कीको एसटुजीसँग पराजित भएको हो । फाइनल चरणमा एसटुजीले सर्वाधिक एक सय ९० अंक जोड्दै उपाधि हात पार्यो । नेपाली टोली डिआरएसले एक सय ५८ अंक हात पार्दै उपविजेता ट्रफी उचाल्यो । उपविजेता डिआरएसले तीन करोड ८६ लाख २९ हजार रुपैयाँ…