विश्वकप विजेता अर्जेन्टिना कारवाहीमा

लन्डन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले कतारमा हालै सम्पन्न विश्वकपको विजेता अर्जेन्टिनालाई कारबाही गर्ने घोषणा गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनलका क्रममा गरेको अर्जेन्टिनाले देखाएको अपमानजनक व्यवहार र फेयर प्लेको नियम उल्लघंन गरेको आरोपमा अनुशासनको कारबाही गर्ने जनाएको हो । फिफाले अर्जेन्टिनाले केही खेलाडी र अधिकारीहरुले दुर्व्यवहार गरेको उल्लेख छ…