काठमाडौं । घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलमा जित हासिल गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा अन्जनले गोल गरेका हुन् ।…