लन्डन । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले पहिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति हंगेरीलाई २–१ ले हराउँदै इटालीले पहिलो जित निकालेको हो । घरेलु टोली इटालीलाई विजयी गराउन निकोलो बारेला र लोरेन्जो पेल्लिग्रिनीले एक एक गोल गरे । इटालीकै जियानलुका मान्सिनीले एक आत्माघाति गोल गरेपछि हंगेरीले गोल अन्तर कम गरेको हो…