काठमाडौं, १ कात्तिक । पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै बैठकले प्रशिक्षकलाई भने ३ लाख रुपैयाँ दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग…