भारतको सान्तवना जीत, पहिलो सेमिफाइनल भोलि इङ्ल्याण्ड र न्युजिल्याण्डबीच हुँदै

आइसीसी टी-ट्‍वान्टी विश्वकपमा भारतले आफ्नो अन्तिम खेलमा नामिबियामाथि सान्दार सान्तवना जीत निकाले पनि समूह चरणबाट भने पहिले नै बाहिरिसकेको छ । गएराती सम्पन्न समूह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गर्दै आफ्नो समूह २ मा तेस्रो स्थानमा रहन पुगेको छ । दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा…