काठमाडौं । बिहीबार बिहान सम्पन्न लिग्स कप सेमिफाइनलमा इण्टर मियामीले ओरल्यान्डो सिटीलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ। फोर्ट लडरडेलस्थित चेस स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मार्को पासालिचले गोल गर्दै ओरल्यान्डोलाई अग्रता दिलाए। ७७औं मिनेटमा ओरल्यान्डोका डेभिड ब्रेकालो दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपर्यो र सोही क्रममा मियामीले पेनाल्टी पायो। लियोनेल मेस्सीले…