काठमाडौं । वेष्ट इन्डिज क्रिकेट टोलीका आक्रामक ब्याटर केइरन एड्रियन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास घोषणा गरेका छन् । ३४ वर्षीय पोलार्डले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बइ इन्डियन्स र चेन्नई सुपर किंग्सको खेलअघि बुधबार सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । ‘धेरै सोचविचारपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेको छु,’ पोलार्डले भनेका छन्…