सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप प्रतियोगिताको २३औँ संस्करण आगामी २६ चैतबाट हुने भएको छ । धरान फुटबल क्लबले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २६ चैतदेखि ३ वैशाखसम्म आयोजना गर्ने जानकारी दिएको हो । धरान-१६ स्थित रङ्गशालामा हुने प्रतियोगितामा भारतको दुई क्लबसहित आठ टिम सहभागी हुने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगितामा…