लन्डन । इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे । यस संगै चेल्सीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो…