रस टेयलरको सुखद् बिदाई भएको दोस्रो टेष्टमा बंगलादेशविरुद्ध न्युजिल्यान्डले इनिङसहित ११७ रनको जित हासिल गरेको छ । काईष्टचर्चमा सुरुआती दिनबाटै आफ्नो पकड बनाएको न्युजिल्यान्डले तीन दिनमै खेल जितेको हो । योसँगै न्युजिल्यान्डले १–१ को बराबरी गरेको छ । अघिल्लो टेष्ट बंगलोदशले आठ विकेटले जितेको थियो । मंगलबार फलोअनमा परेको बंगलादेश २७८ रनमा अलआउट भएको थियो…