त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालको पहिलो खेल अमेरिकासँग

एजेन्सी । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हिजो सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ अर्थात भदौ २८ गते खेल्नेछ । नेपालले दोस्रो खेलमा ओमानसँग…