काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । आज भएको खेलमा पोखराले जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो । पोखराले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन मात्रै बनायाे । जनकपुरका वेन पाेर्नेलले ५० रन बनाएर रिटायर्ड आउट भए ।…