लिभरपुल, आर्सनलसँगै सिटी, चेल्सी र न्युक्यासल पनि च्याम्पियन्स लिगमा

काठमाडौं । लिभरपुल, आर्सनलसँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले यूईएफए च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । इंग्लिस प्रिमियर लिगको अन्तिम दिन हिजोको नतिजासँगै सिटी, चेल्सी र न्युक्यासलको च्याम्पियन्स लिग यात्रा तय भएको हो । सिटीले फुलहमलाई २–० ले हरायो । यो जितसँगै सिटीले तेस्रो स्थानमा प्रिमियर लिगको अन्त्य गरेको छ । ३८ खेलबाट…