अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै कोलम्बिया फाइनलमा

काठमाडौं । अर्जेन्टिनाविरुद्ध पेनाल्टी सुटआउटमा ५–४ को जित निकाल्दै कोलम्बियाले महिला कोपा अमेरिका–२०२५ को फाइनलमा स्थान बनाएको छ । मंगलबार बिहान इक्वेडरमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । पेनाल्टीमा कोलम्बियाका ६ मध्ये पाँच खेलाडीले गोल गरे । अर्जेन्टिनाबाट भने ६ मध्ये चार खेलाडीमात्रै गोल गर्न सफल…