काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले च्यासल युथ क्लबविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आरसीटीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोलको अग्रता बनायो । आरसीटीका अजित गुरुङ, अभिषेक भोलान र सञ्जय लिम्बुले गोल गरे । च्यासलका आश्विन घोरासैनी…