काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति बेहोर्नुपरेको बताएका छन् । शुक्रबार ७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित सहिद प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले ‘आजका दिनसम्म प्रहरी नागरिकको स्नेह, आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको…