एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताए ।…