दोलखामा हवाई फायरपछि मतदान स्थगित

काठमाडौँ । दोलखामा मतदानका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। जिल्लाको मालुस्थित एक मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेका अनुसार घटनापछि सो केन्द्रमा मतदान स्थगित गरिएको छ। ‘निर्वाचनमा खटिएका कर्मचारीमाथि नै…