सीआईबीले लियो गच्छदार, जोशी र साहसँग बयान

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्व उप-प्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । सोमबार साँझ अनुसन्धान अधिकृतहरुले महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् । पूर्व उप–प्रधानमन्त्री गच्छदार, पूर्वमन्त्री जोशी र पूर्व राज्यमन्त्री साहविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ…