काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेस भित्रका परम्परागत समूहमा विभाजन देखापरेको छ । १३औं महाधिवेशनमा देखापरेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एक अर्कामा समाहित हुने क्रम पनि जारी छ । कांग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा समूहबाट…