विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको शपथ शुक्रबार साँझ ६ बजे हुने भएको छ । संविधानको धारा १६८(३) बमोजिम सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । एमाले संसदीय दलका नेता कार्की दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका हुन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा…