तनहुँ–१ मा डा. स्वर्णिमले कटाए साढे १२ हजार

काठमाडौं । तनहुँ–१ मा २५ हजार ३६८ को मत गणना सकिएको छ । जारी मतगणनामा डा. स्वर्णिम वाग्लेको मत साढे १२ हजार नाघेको छ । वाग्लेले १२ हजार ७०५ मत कटाउँदा कांग्रेसका गोविन्द भट्टराईको सात हजार ६४७ मत रहेकाे छ । नेकपा (एमाले) का सर्वेन्द्र खनाल चार हजार २२० मतसहित तेस्रो स्थानमा छन् ।