भ्रष्टाचारी पार्टीकै नेता रहेछन् भने पनि छोड्दिँन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन् । पार्टीको केन्द्रीय समिति बैकठलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाह बमोजिम फाईल खोल्ने काम भएको र अब पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएपनि नछोड्ने बताएका हुन् । पछिल्लो चरणमा भएको सुन तस्करी प्रकरणमा…