गृहमन्त्री अर्यालसँग बेलायती राजदूत फेनको भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको छ । गृहमन्त्रीको सचिवालयका अनुसार, भेटमा जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेल्नुभएको भूमिकाबारे चर्चा भएको थियो ।…