काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य दोषीहरुलाई कारबाही गर्नुपर्ने माग गर्दै धर्नामा सहभागी बसेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन् । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेटमा धर्नामा बसेका ढोकामा कृष्ण पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मानव अधिकार तथा शान्ति समाजले १६ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा गरेको धर्ना कार्यक्रममा सहभागी भएका…