काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । देउवासँगै उपसभापति पूर्णबहादुर खड्कापनि बालुवाटार पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेताहरुसँग अनौपचारिक छलफल राखेका छन् । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादी र गठबन्धनका अन्य नेतासमेत सहभागी हुने बताइएको छ । प्रचण्डले छिटै मन्त्रिपरिषद्लाई पूर्णता…