काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरेका छन् । संघीय संसदले दुईदुई पटक पारित…