वर्षमान, दामोदरलगायतलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा रोल्पा–१ का उमेदवार वर्षमान पुनलाई स्पष्टीकरण सोधेको छ । विद्यालय परिसरमा बाजागाजा बजाएर नाचगान गरी आचारसंहिता उलंघन गरेको उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले एमालेका वैतडीबाट निर्वाचनमा उठेका उमेदवार दामोदर भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ । चुनावी प्रचारमा सरकारी गाडी प्रयोग गरेको उजुरीपछि…