काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कूटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्। बिहीबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन्। चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापानी र लिपुलेक क्षेत्रलाई लडेर नभई कूटनीतिक पहल गरेर फिर्ता लिन सकिने बताए। नेपाल सबै…