काठमाडौं–१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पनि उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२ र नेकपा (एकीकृत समाजवादी) एउटा वडामा…