प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटारभित्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा यी दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति चुनाव तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा यी दुई नेताको भेट बाक्लिएको हो ।…