काठमाडौं । वाम एकताका लागि पहल थाल्न माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)ले कार्यदल गठन गरेको छ । आज बसेको पार्टीको सचिवालयको बैठकले महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । कार्यदलमा महासचिव भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल गरी चार सदस्य रहेको नेकपा एसका प्रवक्ता जगन्नाथ…