काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्नका लागि कार्यक्षेत्रमा जुट्न पार्टीपंतिलाई निर्देशन दिएका छन् । एमालेको बागमती प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारले उत्पन्न गरेको दुरावस्थाबाट जनतालाई मुक्ति दिनु आवश्यक रहेककाले पनि नेकपा एमाले सरकारमा फर्किनुपर्ने बताए…