काठमाडौँ । चुनावी परिणाम अन्तिम चरणमा पुगेपछि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुन: गठबन्धन सरकार बनाउने तयारी थालेका छन् । उनले सत्ता गठबन्धनका दलसँगको छलफललाई तीब्रता दिएका छन्। आज सोमबार बिहान माधवकुमार नेपालसँग बालुवाटारमा छलफल गरेका देउवाले त्यस लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेका छन्। भेटमा समसामयिक राजनीतिबारेमा कुरा भएको बताइएको…