टिकटकमाथिको प्रतिबन्ध हटाएकोमा केपी ओलीलाई चीनको धन्यवाद

काठमाडौँ । सरकारले उत्तर छिमेकी चीनको विशेष पहलमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको हो । मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्री केपी ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेका चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सी (सीआईडीसीए) का उपाध्यक्ष याङ वेईकुनले उक्त निर्णयको स्वागत गरे । ‘टिकटकमाथिको प्रतिबन्ध हटाउनुभएकोमा चीन सरकार र चिनियाँ…