काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उक्त हस्ताक्षर फिर्ता लिने निर्णयमा महामन्त्री गगन थापा र फरमुल्ला मन्सुरले भने असहमति जनाएका थिए । त्यस्तै आजको बैठकले विशेष महाधिवेशनका लागि आह्वान नभएको भन्दै…