काठमाडौँ । नेपाली काँग्रेसको मधेश प्रदेश कार्यसमितिले प्रदेशस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको छ। जनकपुरमा फागुन ७ गते हुने मधेश सभाको तयारीलाई केन्द्रमा राखेर बैठक बोलाइएको हो। मधेश प्रदेश प्रचार विभागका अनुसार बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रदेशभर सञ्चालन हुँदै आएको पार्टीको प्रचार–प्रसारलाई थप प्रभावकारी, व्यवस्थित र व्यापक बनाउने विषयमा विस्तृत…