देउवालाई एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर दियो महाधिवेशनको निम्तो

काठमाडौं । नेकपा एमालेले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन काँग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ । एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर देउवालाई निमन्त्रण दिएका हुन् । एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवासमा पुगेका थिए । देउवाले सकेसम्म आउने वचन दिएका…