करको दर हेरफेरमा एमालेले खोज्यो संसदीय छानबिन

काठमाडौँ । करको दर हेरफेर प्रकरणमा प्रतिपक्षी दल एमलेले संसदीय छानबिन हुनुपर्ने माग गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले यस्तो माग राखेका हुन् । ‘विशेषगरी अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादहरूमा गम्भीर प्रश्न उठेकाले संसदीय छानबिन हुनुपर्छ’ उनले भने, ‘बिवाइडी गाडीको आयातमा भएको भनिएको कर छली र आर्थिक विधेयकमा करका दरहरू हेरफेर गरिएको…