बेरोजगार युवालाई मासिक २ हजार भत्ता दिने मधेश सरकारको निर्णय

धनुषा । मधेश प्रदेश सरकारले स्नातक उत्तीर्ण गरेका प्रदेशका बेरोजगार युवालाई मासिक रूपमा बेरोजगार भत्ता दिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई महिनाको दुई हजार रुपैयाँका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताए । प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक…