काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा निर्वाचनबारे कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको बताएका छन् । राष्ट्रियसभा संसदीय दलका नेता समेत रहेका सिटौलाले पत्रकार सम्मेलन गरेर आजको कार्यसम्पादन समिति बैठकले टुंगो लगाउने बताए । उनले भने, ‘कुन कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । आजको कार्यसम्पादन समितिमा छलफल हुन्छ…