काठमाडौं । नेपाली कांग्रेससँग आवद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति शेरबहादुर देउवा र आरजु राणामाथि भएको कुटपिट घटनामा संलग्नहरूमाथि कारबाही गर्न माग गरेको छ। ‘जेन–जी आन्दोलन’पछि उत्पन्न राजनीतिक अवस्थाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले उक्त घटना योजनाबद्ध रूपमा गराइएको दाबी गर्दै निष्पक्ष छानबिन र कडा कारबाहीको माग गरे।…