काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार (किसान) श्रेष्ठले आफू निसर्त नेकपा (एमाले)मा फर्किन तयार रहेको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै सर्तबिना फर्किन तयार रहेको बताए । उनले आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन चाहेको बताए । आफूहरू कुनै पदका लागि फर्किन…