चुनावमा केन्द्रित हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि चुनाव एक मात्र विकल्प भएकाले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरूलाई आग्रह गरेका छन् । शुक्रबार शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरुसहित भएको सर्वदलीय बैठकमा उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउने विश्वास आम नागरिकलाई दिलाउन…