पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवम् प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज सोडारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सोडारीले सार्वजनिक पद धारण गरेको मिति २०७४ साल माघ ७ गतेदेखि २०७९ साल फागुन १० गतेसम्मको आम्दानी, खर्च र बचतलाई…