निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौं : कानुनमन्त्री सिन्हा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य पक्ष राजनीतिक दल भएकाले चुनावको वातावरण बनाउन उनीहरूको उत्तिकै भूमिका रहने बताएका छन् । नेपाल कानुन समाजद्वारा मंगलबार (कात्तिक २५) आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर’ विषयक अन्तर्क्रियामा सिन्हानले सरकार, राजनीतिक दल र अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने…