काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गरिएको बताएका छन् । संविधान दिवसका अवसरमा आज शीतल निवासमा आयाेजित कार्यक्रममा राष्ट्रपति पाैडेलले यस्ताे बताएका हुन् । देश फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उनले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै देशको आउँदाे बाटो तय गर्ने विश्वास…